काठमाडौं, १ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले छिमेकी देश भारतको नाताले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेका छन् ।
नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको शिष्टाचार भेटका क्रममा राष्ट्रपति पौडेलले भारतले गरेको प्रगतिबाट नेपाल लाभान्वित हुन चाहेको बताए ।
नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको छ, हाम्रा दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको जनाए ।
भेटका अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएको थियो ।
विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि कनेक्टीभीटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरे ।
दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिश्रीले द्विपक्षीय सम्बन्धमा भइरहेका प्रगतिहरुबारे राष्ट्रपति पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराए ।














