जनकपुर, २४ साउन । स्वास्थ्य सेवामा पहुँचलाई सहज बनाउने उद्देश्यले जनकपुर उपमहानगरपालिकाका बिद्यानगर क्षेत्रमा सिया मेडिकेयर प्रा.लि.नामक नयाँ स्वास्थ्य सेवा प्रदायक संस्था सञ्चालनमा आएको छ ।
कदम चौकदेखि कप्लेश्वर जाने बाटोमा अवस्थित यस स्वास्थ्य संस्थाको प्रमुख सञ्चालक डा.राजीव कुमार झा रहेका छन् । सिया मेडिकेयरले अपरेसन बाहेक सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ ।
यहाँ सामान्य उपचार, विशेषज्ञ परामर्श, ल्याब परीक्षण, सुत्केरी जाँच, बालरोग, हाडजोर्नी, चर्मरोग, नाक–कान–घाँटी सम्बन्धी सेवा लगायतका सुविधाहरू प्रदान गरिनेछन् ।
सुविधाजनक सेवा समयको लागि यहाँको ओपिडी (OPD) सेवा बिहानदेखि राति १० बजे सम्म खुला रहने व्यवस्था गरिएको छ, जसले व्यस्त नागरिकहरूलाई समेत बेलुकीको समयमा सहज रूपमा सेवा लिने अवसर दिनेछ ।
संचालक झाका अनुसार, जनकपुर र आसपासका बासिन्दालाई गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो संस्था स्थापना गरिएको हो ।
भविष्यमा आवश्यकता अनुसार सेवा विस्तार गर्दै सर्जिकल (अपरेसन) सेवा समेत सुरु गर्ने योजना रहेको जानकारी दिइएको छ । 



















