काठमाडौं, २३ साउन । सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जना पक्राउ भएका छन् ।
पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छ ।
उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । बौद्धिक सम्पत्तिमा आघात पु¥याउने उदेश्यले उनीहरुले सोर्स कोड चोरी पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जनाए ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।














