काठमाडौँ, २३ साउन । भारतको दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरेका छन् ।
वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई फर्काइएको छ । उनीहरु गैरकानूनी रूपमा त्यहाँ पगेका थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको हो ।
उनीहरूलाई आज रूपन्देहीको सुनौली नाका हुँदै काठमाडौँ ल्याइने राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले जनाए ।
दूतावासले समन्वय गरेर महिपालपुरका होटलहरूबाट ६३ जना महिलालाई निकालेको थियो । त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी रहेकाले उनीहरूलाई छाडिएको हो ।
अन्य ४० मध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जनालाई साउदी अरब पठाउन लागिएमा रहेको थियो ।
उनीहरुलाई नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दिल्ली पु¥याइएको खुलेको छ । तर, उनीहरु भिजिट भिसा तथा भारतको बाटो प्रयोग गर्ने विकल्प प्रयोग गरी त्यहाँ पुग्ने गरेका छन् ।














