काठमाडौं, २३ साउन । भारतको उत्तराखण्डमा आएको बाढीमा हराएको नेपाली नागरिकलाई खोजीको लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पहल सुरु भइसकेको जानकारी दिएकी छन् ।
यो बाढीमा परेको नेपाली बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि पहल सुरु भएको बताए । ण्उनले सामाजिक सञ्जालमा सो बाढीमा परेमो नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारको पहल थालेको उल्लेख गरेको छ ।
हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु’ मन्त्री राणाले भनेकी छन् ।
उनले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना पनि व्यक्त गरेकी छन् ।
साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी रहेको छ । हालसम्म कम्तिमा २२ नेपाली सम्पर्क विहीन भएको विवरण छ ।
जाजरकोटका १३, धादिङका ४, बर्दियाका ४ र जुम्लाका १ जना नेपाली सम्पर्क विहीन भएको सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुले बताए ।













