काठमाडौं, २२ साउन । सिन्धुलीका युवकलाई मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ भएका छन् ।
पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले जनाए ।
उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो ।
भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पु¥याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको जनाएको छ । पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए ।
त्यसको करिब १० दिनपछि उनी काठमाडौंको कलंकीमा आइपुगे । भारतबाट आउने गाडीमा काठमाडौं आइपुगेका उनले कम्मरमा अनौठो किमिसको दुखाइ महसुस गरे ।
घर फर्किएपछि उनले परिवारका सदस्यलाई आफूलाई दुखाइ भइरहेकोबारे सुनाए । साथमा देब्रेतर्फ लगाइएको टाँकाबारे सुनाएका थिए ।
अनि अस्पतालमा जाँच गराउँदा उनको एउटा मिर्गौला नभएको खुलेको थियो ।














