काठमाडौं, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज संसद् बैठकमा भिजिट भिसा प्रकरणसम्बन्धी प्रश्न उठाउँदै आफ्नो धारणा राखेका छन् ।
गत १३ जेठदेखि भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध गर्दै आएका यी सांसदहरूले आजको बैठकमा पनि ती विषय उठाएका हुन् ।
रास्वपा सांसद असिम साहले भने, ‘भिजिट भिसा प्रकरणमा भएको मानव तस्करको फाइल अहिले कहाँ छ ? भ्रष्टाचारको अडियो बाहिरिएपछि पनि मन्त्रीले राजीनामा दिएपछि सबै कुरा छलेको हो कि ?’
राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भने, ‘भिजिट भिसा मात्रै समस्या होइन, नियतको पनि कुरा हो । भिजिट भिसामा सबैले जान्छन्, इमिग्रेशन पनि जोडियो ।
३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिले विरोध गर्दा त्यसलाई विपक्षी वा संविधान विरोधी भनेर आरोप लगाउनु खेदजनक हो । उनले थपे ।














