काठमाडौं, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आइतवार दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको मन्त्रालयले जनाए ।
मुख्यमन्त्री लामाले राजीनामा दिने योजना बनाइसकेका छन् । कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले राजीनामा दिने भएका हुन् ।
सोही सन्दर्भमा दिउँसो २ बजे बस्ने मन्त्रिपरिषद् बैठक बोलाइएको रहेको छ ।
आफ्नो कार्यकालमा सहयोग गरेका विभिन्न दल, कर्मचारी लगायतलाई धन्यवाद दिनका लागि मुख्यमन्त्री लामाले बैठक बोलाइएको उनले जानकारी दिए ।














