काठमाडौं, १७ साउन । मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेकपा एमालेकी सांसद दीपा शर्माको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा प्रस्तुत विधेयकको दफा १८ मा सञ्चार संस्थाका अध्यक्ष वा सञ्चालकले आफ्नो लगानी र स्रोत खुलाउनुपर्ने तथा आफूले लगानी गरेको संस्थासम्बन्धी सामग्री प्रसारण गर्दा डिस्क्लेमर दिनुपर्ने प्रावधान छ ।














