काठमाडौँ, १६ साउन । गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना काठमाडौंको एक होटलबाट पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जको शाम्बाला होटलबाट गएराति उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
चक्रे मिलनले जन्मदिन मनाउने नाममा होहल्ला गरेर सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याएको प्रहरीले बताए । बिहीबार दिनभर अन्य सवारी आवागमनमा असर पु¥याएको र अरुलाई आतंकित पार्ने गरी सवारीका लावा लस्करसहित हिँडेको पाइएको छ ।
अपराध अनुसन्धान कर्यालयका एसएसपी रमेश बस्नेतले भने, ’होटलमा पनि अरुलाई प्रतिकूल हुने गरी गतिविधि गरेको पाएपछि नियन्त्रणमा लिएका हौं ।
पक्राउ परेका सबैलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।














