काठमाडौ, १४ साउन । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्र बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा नदिए प्रक्रियाबाटै हटाउने बताएका छन् ।
दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री बहादुर सिंह लामाले संविधान अनुसार आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको अडान लिएपछि उनले यस्तो बताएका हुन् ।














