काठमाडौं, १३ साउन । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौडामा फेला परेका छन् ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले हायु परिवारका १६ जनालाई नै गगनगौडामा फेला पारेको जानकारी दिए । उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएका थिए ।
उनीहरू शनिवार लेकसाइडस्थित होटेल जननीमा बसेका थिए । आइतबार उक्त होटेलबाट निस्किएका उनीहरू आज गगनगौडामा भेटिएका एसपी ओलियाले बताए ।
स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा भेटिएको एसपी ओलियाले बताए ।














