जनकपुर, १२ साउन । धनुषाको जनकपुरमा एक महिला मृत फेला परेकी छन् ।
जनकपुर उपमहानगरपालिक ४ राराब कलेजज नजिक आफ्नै घरमा २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् । चन्दन मण्डलका श्रीमती शोभा राति साढे १२ बजेतिर घरमा झुण्डेर मृत्यु भएको खबर प्रहरीमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार प्रहरी जाँदा ओछ्यानमा शव फेला परेको छ । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।
पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीले जनाए । यता माइत पक्षले भने दाइजोकै लागि छोरीको हत्या गरेको दावी गरेको छ ।
मृतकका बुबा महोत्तरीका बर्दिबास नगरपालिका ४ माइस्थानका रामकिसुन मण्डलले ज्वाँइले दाइजोको लागि शोभालाई झैझग्डा, विवाद कुटपिट गर्ने गरेको र त्यसकै लागि हत्या गरेको दावी गरे ।
पाँचवर्ष अघि शोभाको विवाह चन्दनसँग भएको थियो । उनका एक छोरी छन् ।














