KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

घरेलु हिंसाको भयावह परिणाम : पत्नीको हत्या गरेर आफैँ प्रहरीलाई खबर

घरेलु हिंसाको भयावह परिणाम : पत्नीको हत्या गरेर आफैँ प्रहरीलाई खबर

सुर्खेत, ११ साउन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा एकजना पूर्वसैनिकले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

शनिबार मध्यराति करिब १ बजेतिर ४२ वर्षीय दानसिंह ठाडाले आफ्नी ४१ वर्षीया श्रीमती रविना ठाडाको हत्या गरेका हुन् । हत्या गरेपछि उनले आफैँले प्रहरीलाई फोन गरी ’मैले श्रीमती मारेँ, आउनुस्’ भनेर घटनाको जानकारी गराएको प्रहरी बताउँछ ।

प्रहरी स्रोतका अनुसार, दानसिंहले प्रहरीलाई फोन गर्दा आफ्नो ठेगाना पनि दिएका थिए। वीरेन्द्रनगर–१३ का वडाध्यक्ष दीपेन्द्रराज कोइरालाका अनुसार, उनले प्रहरीलाई फोन गर्नु अघि आफूसँग पनि सम्पर्क गरी फोन नम्बर मागेका थिए।

“राति मसँग नम्बर मागेका थिए, पछि थाहा भयो घरमा घटना भइसकेको रहेछ,” कोइरालाले भने । दानसिंह नेपाली सेनाबाट केही वर्षअघि मात्र अवकाश पाएका थिए ।

उनका अनुसार, ठाडाले सुतेकै अवस्थामा दाउराले हानेर श्रीमतीको हत्या गरेका हुन् भन्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी करेखोलाबाट खटिएको टोलीले ठाडालाई बिहान २ बजेतिर नियन्त्रणमा लिएको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको छ । ठाडाको परिवारमा श्रीमान–श्रीमती मात्रै बस्दै आएका थिए ।

उनका तीन छोरीमध्ये एकजना जापानमा छन् भने दुई छोरीको विवाह भइसकेको छ । उनका छोरा भने दुबईमा बस्दै आएका छन् । हत्या किन र कसरी भयो भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

महासंघको सरकारलाई सात दिने अल्टिमेटम

महासंघको सरकारलाई सात दिने अल्टिमेटम

जथाभावी पार्किङ रोक्न सिंहदरबारमा ह्विल लक अभियान

जथाभावी पार्किङ रोक्न सिंहदरबारमा ह्विल लक अभियान

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar