काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नविकरण गरिसकेको दोहोर्याएकी छन् ।
आफू देशका लागि थप योगदान दिनका लागि पार्टीमा फर्किन चाहेको उनले बताएकि छिन । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रष्ट पारिन् ।
उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।’ भण्डारीले आफू अझै पनि आफू नेकपा एमालेको परिवारमा कायम रहेको बताइन् ।
पत्रकारले भण्डारीलाई उनको भावी रणनीतिबारे धेरै प्रश्न राखेका थिए । सबैलाई सम्बोधन गर्दै उनले आफू एमालेमै रहेको र सदस्यता यथावत रहेको दाबी गरिन् ।














