काठमाडौं, २६ असार । मानव बेचबिखनका मुद्दामा फरार भएका प्रतिवादी राजन तिमल्सिनालाई १६ वर्षपछि पक्राउ भएका छन् ।
काठमाडौं सुन्दरीजलका तिमल्सिनाले तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने क्रममा उक्त कम्पनीमा पियनको काम गर्ने ३० वर्षीया कमलामाई १४० (परिवर्तित नाम) लाई विवाह गर्ने आश्वासन दिएर भारतमा लगेर बेचेको आरोप रहेको छ ।
पीडितको दिदीले बहिनीलाई बेचेको किटानी जाहेरी दिएपछि फरार भएका तिमल्सिनालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगरबार पक्राउ गरेको हो ।
तिमल्सिनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रहरीले बताए ।














