काठमाडौं, २३ असार । प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले संसद् अवरोध गर्दै आइरहेको छ ।
यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरेका थिए भने अवरोध लगत्तै दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।















