काठमाडौं, १८ असार । इजरायलले गाजामा ६० दिने युद्धविराम गराए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’ सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेको थियो, जसमा करिब १,२०० जनाको मृत्यु भएको थियो।
त्यसपछिका दिनहरूमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा कम्तीमा ५६ हजार ६४७ जनाको मृत्यु भइसकेको छ । तर हमासले ट्रम्पले उल्लेख गरेका शर्तहरू स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।
ट्रम्पको यो घोषणा आगामी साता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूसँग हुन लागेको बैठकको पूर्वसन्ध्यामा आएको हो । मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले नेतन्याहू पनि गाजामा द्वन्द्व अन्त्य गर्न चाहन्छन् भन्ने विश्वास व्यक्त गरे ।
इजरायलले हमासलाई पूर्ण रूपमा समाप्त गरेपछि मात्र संघर्ष अन्त्य हुने बताउँदै आएको छ ।














