काठमाडौ, १५ असार । विद्यालय शिक्षा विधेयक २०८० लाई आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरेर संसद् (प्रतिनिधिसभा) पु¥याउने प्रयास गरिएको छ ।
बाल विकास, निजी विद्यालयलगायत कतिपय विषयमा अझै सहमति नजुटेकाले यसै विषयमा सहमति जुटाउन शिक्षा समिति बैठक बिहानैदेखि सिंहदरबारमा बसिरहेको शिक्षा समितिका सदस्यले जानकारी दिइन् ।
उनले भनिन्, ‘विधेयक आजै संसद् पु¥याउन बिहानैदेखि हामी बैठकमा छौ भने गत वैशाख १७ गते नेपाल शिक्षक महासंघसँग सरकारले असार १५ अर्थात् आज विधेयक संसद् पु¥याउने लिखित सहमति गरेको थियो ।














