काठमाडौं, २ जेठ । सोमबार बिहान ९ बजेर ४७ मिनेटमा फेसबुकमा डाक्टर केशव श्रेष्ठले संवेदनशील पोष्ट गरे। उनले ‘अलबिदा’ भन्दै लामो सन्देश लेखेका थिए ।
विभिन्न कारण दिएर उनले आफू बाँच्नै नसक्ने अवस्थामा पुगेको भन्दै परिवारसँग माफी पनि मागेका थिए । जुन पोस्ट केहीबेरमै भाइरल भयो ।
तर उनको मोबाइल बन्द थियो । प्रहरीले उनको अन्तिम लोकेसन चाबहिल देख्यो । त्यसपछि खोजी गर्न प्रहरीको साइबर ब्युरो र काठमाडौँ प्रहरीसहित विभिन्न कार्यालय लागे ।
प्रहरीले सीसीक्यामेरा र मोबाइलको लोकेसन हेर्दै गयो । नभन्दै सोमबार दिउँसाो साढे १ बजेतिर प्रहरीले उनी बालाजुमाथि रहेको जानकारी पायो ।
त्यसपछि प्रहरी परिसर काठमाडौँको सिभिल टोली त्यसतर्फ प्रस्थान ग¥यो । उनी तार्केश्वर नगरपालिका– ३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला परेका हुन् ।
काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले उनलाई रिसोर्टबाट उद्धार गरिएको जानकारी दिए । अहिले प्रहरीले उनलाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली ल्याउँदै छ । १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट भएर काम गरेका श्रेष्ठले आफूलाई काम गर्न नदिएको भन्दै स्टाटस लेखेका थिए ।