काठमाडौँ, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् ।
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको बताए ।
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेकोबारे पत्रकारको प्रश्नमा प्रचण्डले त्यसको जिम्मेवार लेखक नै हुने उल्लेख गरे ।
एक फरक प्रसङ्गमा प्रचण्डले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै ऐन कानुन वा विश्वको कुनै परम्पराले नरोकेको जिकिर गरे ।














