सिरहा, ३० जेठ । सिरहा जिल्ला प्रहरीले लागुऔषध विरुद्धको अभियानमा सफलता हासिल गर्दै तीन छुट्टाछुट्टै कारबाहीमा सात जनालाई पक्राउ गरेको छ । यस क्रममा खैरो हेरोइनसहित, धारिलो हतियार र लागुऔषध सेवनमा प्रयोग हुने उपकरणहरू पनि बरामद भएका छन् ।
प्रहरीका अनुसार, पहिलो घटनामा जेठ २७ गते राति गोलबजार नगरपालिका–४, क्याम्पस चोकबाट २० वर्षीय राकेश कुमार महतोलाई शंकास्पद हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनको शरीर खानतलासी गर्दा ४४० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो ।
पक्राउ पर्नेहरूमा अर्नामा गाउँपालिका–०३ का २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका–०८, कसहाका २२ वर्षीय सन्तोष कुमार महतो र औरही गाउँपालिका–१ का १८ वर्षीय प्रदीप कुमार यादव रहेका छन् ।
यसैगरी जेठ २८ गते दिउँसो गोलबजार नगरपालिका–५ मा भएको थियो। लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २४ वर्षीय बिमल कुमार महतो, २२ वर्षीय बिपेन कुमार साह र एक जना नाबालिगलाई पक्राउ गरेको छ ।














