काठमाडौँ, २९ जेठ । अनेरास्ववियुको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ ।
कीर्तिपुरस्थित त्रिवि सभाहलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको छ । अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदैछ ।
जेठ २५ गतेदेखि सुरु भएको २४ औँ महाधिवेशनमा हिजो सकिने कार्यक्रम थियो । तर, मतदान प्रक्रिया लम्बिएका कारण ढिलाइ भएको हो ।
देशभरबाट आएका १५०० बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।














