KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषाको गोविन्दपुरमा भेटियो जनककालीन मठेश्वर महादेव मन्दिरको अवशेष

धनुषाको गोविन्दपुरमा भेटियो जनककालीन मठेश्वर महादेव मन्दिरको अवशेष

जनकपुर, २८ जेठ । धनुषाको सबैला नगरपालिकामा राजा जनककालीन मठेश्वर महादेव मन्दिरको ऐतिहासिक अवशेष भेटिएको छ ।

नगरपालिकाको वडा नं ६ गोविन्दपुर टोलस्थित खेतीयोग्य क्षेत्रमा यो अवशेष फेला परेको छ । पछिल्लो दुई वर्षदेखि जारी उत्खननपछि अहिले आएर सो स्थानमा मठेश्वर मठ नै रहेको पुष्टि भएको पुरातत्व विभागले जनाएको छ । पहिलो वर्षको उत्खननपछि वर्षाका कारण प्लास्टिकले ढाकेर माटोले पूरिएको स्थलबाट यसवर्ष पुनः उत्खनन गर्दा मन्दिरको ठूलो भाग फेला परेको पुरातत्वविद् प्रकाश दर्नालले जानकारी दिनुभएको छ ।

राजा जनकले आफ्नो राजधानी वरिपरि निर्माण गराएका महादेव मठहरूमध्ये एक गोविन्दपुरको चौरीमा रहेको मठ भएको प्रमाण भेटिएको बताए उनले बताए । उनको भनाइअनुसार यस क्षेत्र वर्षाको समयमा डुवानमा पर्ने भएकाले अहिलेको लागि उत्खनन रोकिएको र आगामी पुस महिनाबाट पुनः सुरु गरिनेछ ।दर्नालका अनुसार, भेटिएका वस्तुहरू कर्नाटवंशभन्दा पनि पहिलाको कालखण्डका हुन् । भेटिएका अवशेषमा चारवटा गजुर, पौराणिक कलाकृतियुक्त इँट, फलामका टुक्रा, जल चढाउने कुवा, पर्खालका अवशेष, पौराणिक भाँडाकुँडा र साना हतियारहरू समेत छन्। यस वर्ष मन्दिरको दक्षिण भागमा अर्को मन्दिरको अवशेष पनि भेटिएको छ ।

स्थानीय वृद्ध पुजारी विन्देश्वर दासका अनुसार, आफूले ८० वर्षदेखि सो स्थानमा मन्दिरको जग देख्दै आएको र पहिल्यै संरक्षणमा ध्यान दिइएको भए अहिले सबैला नगरपालिका प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताएका छन् ।

अर्का स्थानीय राजकुमार यादवले विगतमा ढुंगा चोरी हुने गरेको तर अहिले नगरप्रमुख र वडाध्यक्षको निगरानीपछि त्यस्तो कार्य रोकिन थालेको बताए ।

सबैला नगरपालिकाका मेयरले यो मन्दिर मिथिला सभ्यतासँग सम्बन्धित ऐतिहासिक सम्पदा भएकोले नगरपालिका गम्भीर रहेको बताए । मन्दिर उत्खननका लागि तत्काल १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र पुनःनिर्माणको लागत विवरण तयार भएपछि थप बजेटको व्यवस्था गरिने उनले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महतोले मठको पुनःनिर्माणका लागि प्रदेश र संघ सरकारसँग समेत सहयोग मागिने बताए । गोविन्दपुरका वडाध्यक्ष श्रीपुजनले वडाको विकासे बजेट बाहेकका सबै रकम मन्दिर संरक्षणमा लगाउने प्रतिबद्धता जनाएका छन् । स्थानिय अनुसार मन्दिरको चारैतिर पोखरीहरू रहेको अनुमान गरिए पनि हाल एक साइड मात्र पोखरी देखिन्छ, बाँकी भाग खेतीयोग्य जमिनमा परिणत भइसकेको छ ।

पुरातत्व विभागले समयमै कार्य सम्पन्न गरेमा सो क्षेत्र महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलको रूपमा विकसित हुन सक्ने आशा गरिएको छ ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar