काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठक सुरू हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरूले उठेर अवरोध जनाएपछि बैठक चल्न नसकेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेबाट निरन्तर संसद अवरोध गर्दै आएका छन् ।














