काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताउनु भएको छ ।
आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको र कुनै समस्या नरहेको बताउनु भएको हो । उहाँले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गर्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको दाबी समेत गर्नुभएको छ ।
पछिल्लो समय नेकपा माओवादी केन्द्र लगाएतका विपक्षी दलहरुले संसदमा गरिरहेको अवरोध अन्तयका लागि प्रयास भइरहेको पनि उहाँले बताउनु भएको छ ।














