काठमाडौँ, २२ जेठ । नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।
पतञ्जलिको जग्गा सट्टापट्टामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।
पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो । सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा उक्त व्यवस्था गरिएको छ । नेपाल निलम्बनमा परेको आधिकारिक पत्र पाइसकेपछि सभामुखले प्रतिनिधिसभालाई जानकारी गराउनेछन् ।














