काठमाडौँ, २० जेठ । राजसंस्था पुनस्र्थापनाका लागि पछिल्लो समय राजावादी दल एवं समूहहरूले काठमाडौँ केन्द्रित प्रदर्शन गर्दै आइरहेका छन् ।
यसैबिच नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मङ्गलबार काठमाडौँको सिफलमा राजसंस्थाको पक्षमा प्रदर्शन गरेको छ । सिफलको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी भएका छन् ।
वर्तमान व्यवस्था खारेज एवं राजसंस्था पुनस्र्थापना नभएसम्म राजावादीहरूले प्रदर्शन नरोक्ने बताउँदै आएका छन् ।














