काठमाडौँ, १९ जेठ । संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि तयार हुनुपर्ने प्रमुख विपक्षी दल माओवादी केन्द्रसहितका विपक्षी दलको माग छ ।














