काठमाडौँ, १६ जेठ । राजसंस्था पुनस्र्थापना गर्न भन्दै बिहीबार (जेठ १५) देखि अनिश्चितकालिन आन्दोलन सुरु गरिएको छ ।
बिहीबार काठमाडौँको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरूले शुक्रबार माइतीघर मण्डलामा आन्दोलन गरेका छन् ।
अघिल्लो दिनको तुलनामा सहभागीको संख्या न्यून भए पनि माइतीघर चोकमा आन्दोलन भएकाले बबरमहल–वानेश्वर सडक खण्ड अस्तव्यस्त बनेको छ ।
राजसंस्था पुनस्र्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरूले बताएका छन् ।














