काठमाडौं, १६ जेठ । राजावादी समर्थकहरुको प्रदर्शन आज पनि जारी रहने भएको छ ।
आज उनीहरुले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाको मागसहित उनीहरुले बिहीबार शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।
यस्तै उनीहरुले संघीयता खारेजीको माग राखेका छन् । अनिश्चितकालीन आन्दोलन गरिरहेका राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।














