काठमाडौं, १५ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने दाबी गरेका छन ।
लामो संघर्ष र बलिदानबाट नेपाली जनता पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनिसकेकाले अब पूर्वराजाले राजतन्त्र फर्कने सपना देखिरहन आवश्यक नभएको बताए ।














