काठमाडौं, १३ जेठ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले संसद् अवरोध गरेका छन्
मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका वर्षमान पुनले राजीनामा नदिएसम्म संसद् संचालन हुन नदिने बताएका छन ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीको राजीनामा आउनुपर्ने माग गरे। ‘यदि कुनै मन्त्रीमाथि प्रश्न उठ्यो, राज्यका कुनै निकायले छानबिन गर्नुप¥यो भने त्यस्तो मन्त्री त्यो पदमा रहन पाउनुहुन्न,’ उनले भने, ‘त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ ।














