काठमाडौं, १३ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अभिव्यक्ति निरंकुशता सुरुवात गरेको जनाएका छन् ।
मंगलबार विराटनगरको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएको हो । उनले कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले ’जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर दिएको अभिव्यक्तिको बारे छलफल हुनुको साटो आफ्नो बारेमा छलफल गर्न जनाएको छ ।
मैले सोचेको थिएँ कांग्रेसको बैठकमा प्रधानमन्त्रीको बोलीबारे छलफल हुन्छ । तर, मेरोबारे छलफल भएर मलाई खुसी लाग्यो,झ उनले भने, ’पार्टी कहाँ पुगेछ भन्ने थाहा भयो ।














