काठमाडौँ, १२ जेष्ठ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिमा भारु ४ मा नेपालले विद्युत विक्री गरेरहेका छन् ।
आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइमा जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् ।
उनले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत सस्तो भएको बताएको हो । बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिव ५० पैसा पाउने अवस्था रहेको बताए ।
राति ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको दाबी गरे । शनिबार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर विक्री गरेको बताए ।
जसबाट नेपालले सस्तोमा किनेर महंगोमा बेच्दा युनिट कम भएपनि पैसाको हिसावले फाइदा भएको बताए। नदीको पानी बढी हुन थालेपछि भारतबाट दिउँसो पनि कन्नि नपर्ने र दिउँसो पनि सस्तोमा भएपनि बेच्न सकिने बताए ।
प्रवन्ध निर्देशक शाक्यले गत बुधवार र बिहीवार बाहेकका दिन बाहेक अरु दिन विद्युत आपूर्तिमा समस्या नरहेको जिकिर गरे । वास्तविकता भन्दा पनि फरक रहेर सत्यता लुकाएर अफवाह फैल्याइएको बताए ।














