KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लाखौ रुपैया असुलीको जिम्मा प्रहरी जवान चन्दन यादवलाई, ब्यापारीहरुलाई सास्ती,तस्कर मालामाल

लाखौ रुपैया असुलीको जिम्मा प्रहरी जवान चन्दन यादवलाई, ब्यापारीहरुलाई सास्ती,तस्कर मालामाल

समाचार । सिकेन्द्र पासमान
बारा, १० जेठ । अपराध अनुसंन्धान नियन्त्रणको नाममा जिल्ला प्रहरी कार्यालयले गठन गरि नाम दिएका क्राईम ब्रान्च टोलीले जिल्लामा ब्याप्क रुपमा आर्थिक असुलीमा लागेका छन ।

क्राईम ब्रान्चका बरिष्ठ सई बिनोद काफलेले खटाएको प्रहरी जवान चन्दन यादवले जिल्लाको विभिन्न ठाँउबाट तस्करीमा संलग्न रहेकाहरुबाट लाखौको रकम उठाउने काममा मात्र लागेको तथ्य बाहिर आएको छ ।

नाम क्राईम काम भने पैसा असुली मात्र गर्ने गरेका ती प्रहरी जवान यादवले मुसहर्वा, मटियर्वा, दक्षिण झिटकहिया, सिम्रौनगढ, कचोर्वा, कलैया लगायत बोर्डर छेउछाई सहित सिमा नाका तथा छिमेकी जिल्ला पर्साको सदरमुकाम बिरगंज सम्म पुगेर तस्करहरुसंग लाखौको महिनवारी उठाउने गरेको स्रोतले जनाएको छ ।

मोमताज, धनीलाल, तमना, बिकास, अरबिन्द, मास्टर समुह, बासुदेव, बिरेन्द्र समुह, संजय समुहबाट ५ हजार देखि १ लाख सम्म महिनाबारी असुली गर्ने गरेको स्रोतले जनाएको छ ।

बाराका अधिकांश नाकाहरूबाट कपडा, सुर्ती, चाइनीज स्याउ, कुखुराको चल्ला, माछा र किराना आइटम, ब्रान्डेड चकलेटको व्यापक तस्करी हुने गरेको छ । बाराको नाकाबाट तस्करी गर्दा फाइदा हुने देखेर अन्य जिल्लाका तस्करहरू समेत कलैयामा डेरा जमाएर बस्ने गरेको स्रोत बताउँछ ।

संजय समुहको ३ वटा मोटरसाईकल, बिरेन्द्र समुहको ५ वटा मोटरसाईकलमा तस्करी भईरहेको छ । वरिष्ठ सई काफले र प्रहरी जवान यादवले तस्करहरुलाई लाईन दिएपछि दिनको १२ बजे देखि २ बजे खुल्मखुल्ला रुपमा जिल्लाको धर्म नगर भएर ब्याप्क रुपमा तस्करी गराई रहेको छ ।

तस्करहरु निर्वाध रुपमा तस्करीका समानहरु जिल्ला सदरमुकाम कलैया जिल्लाका अन्य ठाँउहरुहरु बरियापुर, गंजभवानीपुर, सिम्रौनगढ, कोल्हवी, निजगढ, जितपुर, सिमरा, प्रसौनी परवानीपुर लगायतका ठाँउहरुमा ती समानहरु बिक्री वितरण गरिरहेका छन ।

अमलेखगंजमा २ लाख, पथलैयामा ३ लाख, जीतपुरमा १ लाख, मुशहरवामा ३ लाख, छतवामा १ लाख, मटीअर्वामा १ लाख, पथलवाघाटमा ५० हजार, कचोर्वामा ५० हजार, खजानीमा ५० हजार, दक्षिण झिटकैयामा ५० हजार, बसतपुरमा ३० हजार, तेलकुवामा ५० हजार, लंगडा चौकमा ३० हजार, शिक्षा अफिसमा ५० हजार, बसपार्कमा ५० हजार, जोधपुर गम्हरियामा ३० हजार, बरियारपुरमा ५० हजार, गंजभवानीपुरमा ५० हजार, जैतापुरमा ५० हजार र डुम्बरवाना प्रहरी चौकीमा ३० हजार महिनावारी कायम गरेकोमा प्रहरी जवान यादवले त्यहाँका प्रहरी ईन्चार्जहरुबाट महिनवारी बुझेर प्रमुखलाई बुझाउने गरेको एक जुनियर प्रहरी अधिकृतले जनाकारी दिएका हुन ।

बरिष्ठ सई बिरगंजमा पनि करिब २ बर्ष क्राईममा बसेर असुली धँदामा लागेका पात्र हुन भने बारामा पनि करिब डेढ बर्ष क्राईममा बसेर आफना तलका प्रहरीहरुलाई परिचालन गरि लाखौ रुपैया असुल्न लगाएको पात्रका रुपमा परिचित रहेको हुन ।

प्रहरी जवान यादव एक पल्ट कार्यवाही खाएर पनि करिब १ बर्ष देखि जिल्लामा नै घुमुवा बसेर असुली धन्धा तिब्र पारेका पात्रको रुपमा परिचित रहेका छन ।

उनले ब्यापारीहरुलाई पनि धाधम्की दिई पैसा असुल्ने गरेका हुन एक ब्यपारीले दुखेसो गरे । पैसा दिनकका लागि आनाकानी गर्ने ब्यापारीहरुलाई फलसाउने धम्की समेत दिने गरेका हुन उनी ।

तस्करीमा मुझिएपछि प्रहरी जवान यादवलाई केही महिना अगाडी प्रहरी प्रधान कार्यालय काठमाडौमा तानेको हुदा समेत पावर लगाई मोटा रकम खर्चेर पुःन बारामा नै बस्ने सफल भएका उनी विवादित प्रहरी जवानको रुपमा विभागमा दर्ज भएको पात्र समेत बन्न पुगेका हुन ।

यस सम्बन्धमा बरिष्ठ सई काफले र प्रहरी जवान यादवसंग बुझदा आफुले पैसा असुल्ने नगरेको दावी गरे ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar