जनकपुरधाम, १० जेठ । गृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार निर्माणका लागि गम्भीरतापूर्वक लागिपर्ने बताएका छन् ।
शनिवार जनकपुरमा आयोजित नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको विशेष बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कांग्रेसको नेतृत्वमा सरकार नबनेको गुनासोलाई स्वीकार गर्दै यो विषयलाई केन्द्रमा गम्भीरतापूर्वक लिइएको बताएका छन ।
मन्त्री लेखकले अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार सञ्चालनमा रहेको उल्लेख गर्दै दुई प्रतिस्पर्धी पार्टीबीचको गठबन्धनमा केही जटिलता रहेको स्वीकार गरे । मधेस प्रदेशमा सरकारको नेतृत्व पालैपालो गर्ने समझदारीअनुसार परिवर्तन हुने उनले बताए ।














