काठमाडौँ, १० जेष्ठ । रुकुमको सोती हत्याकाण्ड सम्झिँदै दलितका लागि दलित अभियान नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ ।
जातीय हिंसाविरुद्ध भन्दै उनीहरूले जनप्रदर्शन कार्यक्रम गरेका हुन् । शनिबार आयोजित सो ¥याली माइतीघरदेखि बबरमहल आयोजना गरिएको थियो ।
६ जनाको हत्या भएको दिन जेठ १० गतेलाई उनीहरूले कालो दिनको रूपमा मनाउने गरेका छन् ।
रुकुम पश्चिमको सोती गाउँमा ५ वर्षअघि अन्तर्जातीय प्रेम सम्बन्धको विषयलाई लिएर ६ जनाको हत्या भएको थियो ।














