काठमाडौं, ९ जेष्ठ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ ।
सर्वोच्चका न्याधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामै राख्ने मातहत अदालतको आदेश सदर गरेको छ ।
रवि र छविका निवेदनमा मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर, सुनुवाइ नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
शुक्रबार राति पौने ९ बजे मात्र न्यायाधीशद्वयले आदेशमा सही गरेर निस्केका थिए ।














