काठमाडौं, ९ जेष्ठ । दुई नेपालीको लामो समयदेखि कम्बोडियामा अलपत्रमा परेको उद्धार गरिएका छन् ।
अलपत्र अवस्थामा रहेका एक महिला र एक पुरूषलाई शुक्रवार उद्धार गरेर आज नेपाल फर्काइएको नेपाली राजदूतावास बैंककले बताएको छ ।
साथै सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान तथा कसैको प्रलोभनमा नपर्न पनि दूतावासले आग्रह गरेका छन् ।
पछिल्लो समय धेरै पैसा कमाउने लोभमा नेपालीहरू कम्बोडिया, लाओस्, म्यानमार र थाइल्याण्डजस्ता देशमा रोजगारीका लागि जादैैइ गरेका थिए ।














