KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गर्भवती श्रीमतीको हत्या गर्ने यादव पक्राउ

गर्भवती श्रीमतीको हत्या गर्ने यादव पक्राउ

जनकपुर, ८ जेष्ठ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाका हरिराम यादवलाई आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनले आठ महिनाकी गर्भवती श्रीमती अञ्जली यादवको हत्या गरेको स्वीकार गरेका छन् । २५ वर्षीया अञ्जलीको शव गत फागुन १७ गते आफ्नै घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।

घटनापछि हरिराम फरार थिए । उनलाई धनुषाको जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेलवे स्टेशनबाट बिहीबार बिहान पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार लागूऔषध दुव्र्यसनी हरिरामले नशाको असरमा घरायसी विवादका क्रममा अञ्जलीमाथि कुटपिट गरेका थिए । अनुसन्धान अधिकारीका अनुसार हरिरामले प्रहरीलाई दिएको बयानमा रातको समयमा विवाद हुँदा पेटमा प्रहार गरेको, त्यसपछि अञ्जलीको मृत्यु भएको र शव गाडेको बताएका छन् ।

हरिरामले हत्या भएको राति आफ्नी १० महिनाकी छोरीलाई पनि हत्यष गरेको हुन सक्ने प्रहरीको आशंका छ । उनले छोरीलाई नालामा फालेको भन्ने फरकफरक बयान दिएका छन् ।

प्रहरीले खोजी जारी राखेको भए पनि हालसम्म बालिकाको अवस्था पत्ता लाग्न सकेको छैन । गत फागुन १७ गते स्थानीयबासीले घरमा केही दिनदेखि कोही नदेखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घरको ताला फोडेर खोजी गर्दा पूजा कोठामा भर्खरै सिमेन्टले ढलान गरिएको देखिएको थियो । उत्खनन गर्दा सडेगलेको अवस्थामा अञ्जलीको शव भेटिएको थियो ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar