काठमाडौं, ८ जेठ । प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नक्कली इन्स्पेक्टरलाई पक्राउ गरेको छ ।
इन्स्पेक्टर बताउने २३ वर्षीय सुजन गिरी रहेको प्रहरीले जानकारी दिए ।
भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका गिरीले फेसबुकमा सोत इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानेले बताए ।
उनले ६ जेठमा राति साढे ९ बजेतिर मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी भुटु रेस्टुरेन्ट अगाडि आफू प्रहरीको इन्स्पेक्टर भएको बताउँदै बर्दी लगाएरको तस्बिर समेत देखाएर आतंकित पारेको आरोप छ ।














