जनकपुर, ३ जेठ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा व्यस्थापन र विद्यार्थीहरु बीच झडप तनाव हुँदा विद्यार्थीहरुले तोडफोड गरेको छ
कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो भने छुटको लोभमा धेरै विद्यार्थीहरू एकैपटक पुगेपछि व्यवस्थापकले भित्र प्रवेश नदिने भएपछि विद्यार्थीहरु आक्रोशित भएको थियो । विद्यार्थीले सडकमा चल्ने दुईवटा हाइसमा समेत तोडफोड गरेको जिल्ला प्रहरी धनुषले जनाएको छ ।
विद्यार्थीहरु उग्र भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ भने झडपका कारण पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी धनुषाका प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिएका छन ।
तोडफोडमा उत्रिएका १० जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको र अहिलेको अवस्था समान्य रहेको प्रहरी निरिक्षक यादवले बताएका छन ।














