काठमाडौँ, २ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नापी कार्यालय भद्रपुर, झापाका सर्भेक्षक सुवासचन्द्र यादवको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् ।
जग्गा कित्ताकाट गरी बाटो प्रमाणितमा सेवाग्राहीसँग एक लाख २५ हजार बराबरको घुस लिँदै आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो ।
मुद्दामा विशेष अदालतले २०८१ वैशाख २१ गते फैसला गरेको थियो ।
आज सर्वोच्चमा पुनरावेदनमा फैसला कानुन सम्मत नभएको दाबी गर्दै प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएको हो ।