काठमाडौं , २ जेष्ठ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पारिरहेका बताएकी छिन् ।
काठमाडौंमा आजदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा परराष्ट्रमन्त्री देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र नभएर भविष्य नै खतरामा पारिरहेको बताइन् ।
विश्वव्यापी संकटसँग जुध्न कुनै पनि देशको एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।