काठमाडौँ, २ जेष्ठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संसदमा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश जनताको हितमा नरहेको भन्दै विगतमा पनि पार्टीले विरोध गरेको स्मरण गरेका छन् । उनले सरकारलाई जनताको हित विपरीत कानुन ल्याउन नदिने दृढता समेत व्यक्त गरे ।
यसअघि ल्याइएको भूमिसम्बन्धी अध्यादेश यादवकै पार्टीले विरोध गर्दा सरकार फिर्ता लिन बाध्य भएको थियो ।