बैतडी, २ जेष्ठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।
जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान उद्घाटन मारोहलाई सम्बोधन गर्दै गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने पद भए पनि सरकार चलखेलमा लागेको दाबी गरेका छन् ।
पार्टीले चलाइरहेको अभियान सरकारले भ्रष्टाचारीको संरक्षणमा लागेको सरकारको विरुद्ध भएको पनि बताए । उनले यो सरकार राष्ट्र र जनताको हितविपरीत गइरहेको दाबी गरे ।