काठमाडौँ, ३१ बैशाख । महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
प्रतिवेदन बुझाउने क्रममा रायाले नेपालको संविधानको धारा ४१ बमोजिम कार्य सम्पादन गरी संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष महालेखापरीक्षकको ६२ औँ प्रतिवेदन पेस गरिएको बताएका छन ।
५ हजार ७५९ ओटा निकाय तथा कार्यालयहरूको लेखापरीक्षण गरिएको थियो। तीमध्ये ३ हजार ७०२ कार्यालयको विस्तृत लेखापरीक्षण गरिएको थियो। सो अवधिमा कार्यालयको जनशक्ति र कानुन बमोजिम लेखा परीक्षक नियुक्त गरी ४३ वटा पूर्ण सरकारी स्वामित्व भएका संस्थाहरूको ४५ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरिएको जानकारी दिएका छन ।
नेपालको संविधान र लेखापरीक्षणको अधिकारभित्र रहेर ४२ वटा सङ्गठित संस्थाहरूको ४७ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरिएको उल्लेख गरिएको थियो। सो वर्ष ११ विषयमा कार्यमूलक, १ विषयमा सूचना प्रविधि, १ विषय वातावरणीय र २ विषयको लेखापरीक्षण सम्पन्न गरिएको जानकारी पनि दिए ।















