धनुषाा, ३० बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी छिन् ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधी सांस्कृतिक केन्द्रमा सम्पन्न महिला संघको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष यादवसहित ४७ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त चन्देश्वर प्रसाद सिंहले जानकारी दिएका छन् ।














