एजेन्सी । भारत र पाकिस्तानबीच द्वन्द्व रोक्ने सहमति भएपछि सोमबार साँझ ५ बजे दुवै देशका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) बीच वार्ता भएको छ ।
भारतीय सेनाका स्रोतहरूले यस वार्तामा दुवै पक्षले एक गोली पनि नचलाउने वा कुनै पनि प्रकारको आक्रमण सुरु नगर्ने र अन्य मुद्दामा कुरा गरेको बताएका छन् ।
दुवै पक्षले सीमा क्षेत्र र अग्रपंक्तिबाट सेनाको संख्या घटाउन तत्काल कदम चाल्नेबारेमा विचार गर्ने सहमति भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
सोमबार एक पत्रकार सम्मेलनमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले भने, ’पाकिस्तानी वायुसेनाले भारतको बहुस्तरीय रक्षा क्षेत्रमा प्रवेश गर्ने र भारतीय हवाई क्षेत्र वा रसद प्रतिष्ठानहरूलाई लक्ष्य गर्ने कुनै सम्भावना छैन ।
यसैबीच, भारतीय सेनाले सोमबार राति अबेर जम्मु कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको बताएको छ ।














